काठमाडौं । पुर्वाधार क्षेत्रमा लगानी गर्ने कम्पनीले आफ्नो पूँजीको स्रोत जुटाउन जारी गरेको डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न पाउने भएका छन् । आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
नेपाल सरकारले तोकेको पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका निकायहरुले वित्तीय स्रोत जुटाउन जारी गरेका डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकिने व्यवस्था मिलाइने जनाएको छ ।

















