IME Life New

नेपालभन्दा पहिले डिजिटल बैंकको लाइसेन्स बाँड्दै बंगलादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले सूचना प्रविधिमा आधारित वित्तीय सेवाको विस्तार गर्न डिजिटल बैंक सञ्चालनको इजाजतपत्र जारी गर्ने भएको छ।

पूर्णतः सूचना प्रविधिमा आधारित रहने र अभौतिक रुपमा ग्राहकलाई सेवा प्रदान गर्ने बैंक स्थापनाका लागि केन्द्रीय बैंकले इच्छुक लगानीकर्तासँग आवेदन माग गरेको छ।

Esewa
Crest

सेप्टेम्बर १ तारेखदेखि खुला हुने आवेदनमा सेप्टेम्बर ३० तारेखसम्ममा इच्छुक लगानीकर्ताले डिजिटल बैंक इजाजतपत्रका लागि आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकद्वारा जारी गरिएको सूचनामा प्राविधिक नवप्रवर्तनद्वारा सञ्चालित परिवर्तनशील विश्वव्यापी वित्तीय पारिस्थितिक प्रणाली र यी परिवर्तनले ल्याउने चुनौतीहरुलाई मान्यता दिएको उल्लेख छ। यसले वित्तीय सेवा वितरणमा दक्षता बढाउन र वित्तीय प्रणालीको पहुँचलाई फराकिलो बनाउन आफ्नो भूमिकामा जोड दिएको छ।

डिजिटल बैंकहरुलाई ऋणमा पहुँच सुधार गर्न, सीमान्तकृत समूहलाई सहयोग गर्न, रोजगारी सिर्जना गर्न र दीर्घकालीन खाद्य सुरक्षालाई प्रवर्द्धन गर्न प्रमुख सक्षमकर्ताका रुपमा हेरिन्छ।

बंगलादेश बैंकले सैद्धान्तिक रुपमा उपयुक्त आवेदकहरुलाई बैंक कम्पनी ऐन, १९९१ को धारा ३१ अन्तर्गत इजाजतपत्र जारी गर्ने निर्णय गरेको जनाएको छ। योग्य प्रायोजकहरुले आवेदन शुल्कबापत ५ लाख बंगलादेशी रुपैयाँसहित शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ।

डिजिटल बैंकले ग्राहकलाई मोबाइल एप वा वेबसाइटमार्फत नै सम्पूर्ण सेवा उपलब्ध गराउँछ। यस्तो बैंकको शाखा कार्यालयहरु हुँदैनन्।

नेपालमा नबिल बैंकले नियो बैंक ब्रान्डमा डिजिटल बैंकको अभ्यास सुरु गरिसकेको छ। यद्यपि, नेपालमा अझैसम्म पनि डिजिटल बैंकसम्बन्धी नीतिगत व्यवस्था हुन सकेको छैन।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा डिजिटल बैंक सम्बन्धमा नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने उल्लेख गरेको छ। २०८० साल देखि नै यस्तो बैंकको विषय नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गरिए पनि अझैसम्म नीतिगत व्यवस्था भएको छैन।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को संशोधन विधेयक सरकारले २०८० चैत ५ गते नै दर्ता गराएको छ। संसदबाट यो विधेयक अझैसम्म पारित हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS