IME Life New

बंगलादेशको बीमा नियामकमा अध्यक्ष र सदस्य नियुक्तिमा हटाइयो उमेर हद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको बीमा क्षेत्र नियामक बीमा विकास र नियामक प्राधिकरण (आईडीआरए)मा अध्यक्ष र सदस्यहरुको नियुक्तिका लागि उमेर हद आधिकारिक रुपमा हटाइएको छ।

बंगलादेशी सरकारले हालै राजपत्र सूचना प्रकाशित गर्दै आईडीआरएमा अध्यक्ष र सदस्यको नियुक्तिका लागि उमेर हद हटाएको हो। गत अप्रिल २३ मा बीमा विकास र नियामक प्राधिकरण (संशोधन) ऐन, २०२६ को मस्यौदालाई सरकारले स्वीकृत गरेपछि यो निर्णय गरिएको हो।

Esewa
Crest

विशेषगरी नियुक्ति मापदण्डको सम्बन्धमा संशोधनले विद्यमान बीमा विकास र नियामक प्राधिकरण ऐन, २०१० मा परिवर्तन ल्याउँछ। पहिले अध्यक्ष र सदस्यको नियुक्तिका लागि अधिकतम उमेर हद ६७ वर्ष तोकिएको थियो। पछिल्लो संशोधनसँगै यो प्रावधान हटाइएको छ। योसँगै ती पदका लागि माथिल्लो उमेर हद समाप्त भएको छ।

यो परिवर्तनले बंगलादेशी सरकारले उमेरको सीमा बिना नियामकको शीर्ष पदहरुमा योग्य र अनुभवी व्यक्तिलाई नियुक्त गर्न अनुमति दिनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS