IME Life New

बाबा रामदेवको पतञ्जली आयुर्वेदले अब बीमा कम्पनी पनि चलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । योगलाई दैनिक उपभोग्य वस्तु व्यापार बिस्तारको माध्यम बनाएका भारतीय योगी रामदेवको पतञ्जली आयुर्वेदले निर्जीवन बीमा व्यवसायमा पनि हात हालेको छ। पतञ्जली आयुर्वेदले अन्य लगानीकर्तासँग मिलेर म्याग्मा जनरल इन्स्योरेन्सको बहुमत हिस्सा स्वामित्व खरिद गरेर निर्जीवन बीमा व्यवसायमा प्रवेश गरेको हो।

भारतीय बीमा नियामक, भारतीय बीमा नियामक तथा विकास प्राधिकरणका अनुसार, पतञ्जलि आयुर्वेदले अन्य लगानीकर्ताहरूसँग मिलेर व्यवसायी आदर पुनावाला र राइजिङ सन होल्डिङ्स बीचको संयुक्त उद्यम सेनोटी प्रोपर्टीजको स्वामित्वको शेयर खरिद गरेको हो। सेनोटी प्रोपर्टीजको म्याग्मा जनरल इन्स्योरेन्समा ७४.५ प्रतिशत हिस्सा थियो । शेयर बिक्रीसँगै सेनोटी प्रोपर्टीज म्याग्माबाट पूर्ण रूपमा बाहिरिएको छ।

Esewa
Crest

नोभेम्बर ११, २०२४ सम्म पुनावाला र राइजिङ सन होल्डिङ्स प्राइभेट लिमिटेडद्वारा ९० प्रतिशत: १० प्रतिशतको अनुपातमा रहेको सानोटी प्रोपर्टीजले म्याग्मामा ७२.५ प्रतिशत हिस्सा ओगटेको छ। पछिल्ला केही वर्षहरूमा, पुनावाला समूहले १० अर्ब ६५ करोड भारतीय रूपैयाँ लगानी गरेको छ, जसले गर्दा क्रमशः यसको शेयर स्वामित्व ७२.५ प्रतिशत पुगेको थियो। सम्झौताको वित्तीय पक्षबारे अझै खुलासा नगरिएको एशियन इनस्योरेन्स पोष्टले लेखेको छ।

पोष्टका अनुसार पतञ्जलि आयुर्वेदसँगै म्याग्मा जनरल इन्स्योरेन्समा शेयर स्वामित्व खरिद गर्ने अन्य लगानीकर्ताहरू, एसआर फाउन्डेसन, रिति फाउन्डेसन, आरआर फाउन्डेसन, सुरुची फाउन्डेसन र स्वाती फाउन्डेसन हुन् ।

म्याग्मा जनरल इन्स्योरेन्सले खासगरी भारतको ग्रामीण क्षेत्रहरूमा टियर-१ र टियर-२ स्तरका शहरोन्मुख बजार केन्द्रमा बीमा प्रवर्द्धनका लागि ध्यान केन्द्रित गरेको छ।

भारत सरकारले सन् २०४७ सम्ममा सबै भारतीयका लागि बीमाको लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्तीका लागि बीमा कम्पनीमा शत प्रतिशत वैदेशिक लगानी खुल्ला गर्ने देखि लिएर स्वदेशी बीमकलाई नीतिगतरूपमा सहजीकरण गर्ने काम तीब्र गतिमा शुरू गरेको छ। यसबाहेक विपन्न, गरिब तथा ज्येष्ठ नागरिकहरूमा सहजरूपमा बीमाको पहुँच सुनिश्चित गर्नका लागि अनुदान सहितको बीमा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।

ग्रामीण क्षेत्रमा घर घरमा बीमाको प्रवर्द्धनका लागि बीमा वाहकका रूपमा महिला स्वयम सेविका समेत परिचालन गरेको छ। सरकारी स्वामित्वको जीवन बीमक, भारतीय जीवन बीमा निगम(एलआइसी)ले समेत ग्रामीण क्षेत्रमा महिला अभिकर्ता परिचालनलाई अभियानका रूपमा घोषणा गरेको छ। एक महिनाको अभिकर्ता तालिममा सहभागि गराउने, न्यूनत्तम पारिश्रमिक सुनिश्चित गर्दै कामको आधारमा कमिश समेत वितरण गर्ने योजना सहित एलआइसीले महिला अभिकर्ता भर्नालाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS