काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीमा संचालित बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरूले ग्लोबल मनी विक’ २०२५ कार्यक्रम आयोजना गरेका छन् । बैंक तथा इन्स्योरेन्स, लघुवित्त वित्तीय संस्थाहरूले आर्थिक संकलन मात्रै गर्ने नभएर जम्मा भएको रकमलाई सही कार्य र उत्पादनमा कसरी लगाउने भन्ने विषयमा सकारात्मक सन्देश दिने उद्देश्यले वित्तीय सचेतनामूलक र्याली आयोजना गरिएको हो ।
” Think before you follow ,Wise money tomorrow” भन्ने मूल नारा सहित ग्लोबल मनी विक २०२५ मा बैंक तथा वित्तीय समूह बिआइजीको आयोजनामा मन्थली बजार परिक्रमा गरी सचेतनामूलक संयुक्त र्याली शुक्रवार र बिहान सम्पन्न गरेका हुन् ।
जिल्लामा संचालित सबै बैंक, लघु वित्त, र इन्स्योरेन्सहरुका प्रमुख तथा प्रतिनिधि सहभागीहरूले मन्थली–१ को भैशेश्वर चोकदेखि ट्राफिक बिटसम्म विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका हुन् ।
देवकोटा चोकमा भएको कोण सभालाई बैंक, इन्स्योरेन्स, ,लघुवित्तका प्रमुख एवं प्रतिनिधिहरुले ‘पैसा भए बचत गर्न र पैसाको सहि सदुपयोग गरी सहि लगानी गर्न सुझाएका थिए ।
बिआइजी समूह रामेछापका उपाध्यक्ष मोहन धमलाको अध्यक्षता भएको कोणसभामा बैंकको तर्फबाट प्रभु बैंकका शाखा प्रमुख कुबेर सापकोटा र लघुबित्तका तर्फबाट लघुबित्त मन्च रामेछापका अध्यक्ष जीवन राईले बित्तीय साक्षरता कार्यक्रम अपरिहार्य रहेको र यहाँ संचालित बैंक तथा वित्तीय संस्थाहरू एकिकृत भएर लागेका छन् र मिलेर आर्थिक समृद्धिको लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन र्यालीले महत्पूर्ण भूमिका खेलेको बताए।