IME Life New
GBIME

बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन सबैसँग सहकार्य गर्न प्राधिकरण तयारः अध्यक्ष ओझा

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको बताए ।

Crest

बीमा क्षेत्रका समस्याहरू सरोकावालाहरू सबैसँग मिलेर समाधान गर्न सकिने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु नै मुख्य प्राथमिकता भएको बताए ।

अध्यक्ष ओझाले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न सम्वद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारीहरूका हक, हित लगायतका विषयमा कर्मचारी युनियनहरूसँग सहकार्य गर्न व्यवस्थापन तयार रहेको बताए ।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले गरेका थिए ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS