IME Life New

विद्युत नियमन आयोगबाट अरुण काबेली पावरले पायो ५०% हकप्रद शेयर जारी गर्ने पूर्वस्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति पाएको छ।

आयोगले कम्पनीलाई हालको चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो। अब कम्पनीले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयरबापत प्राप्त रकममध्ये १०० रुपैयाँ काबेली बी–१ जलविद्युत आयोजना निर्माण गर्दा लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्नुपर्ने सर्त आयोगले अगाडि सारेको छ। बाँकी रकम ९४.७९ करोड रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी काबेली इनर्जीमा लगानी गर्ने प्रयोजनमा गरी सोको १५ दिनभित्र पुष्टि हुने कागजातसहित आयोगमा जानकारी गराउनुपर्ने अर्को सर्त पनि आयोगले अघि सारेको छ।

आयोगका अनुसार कम्पनीले प्रचलित कानुनबमोजिम अनुमतिपत्र जारी गर्ने तह तथा अन्य तहबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS