काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा गरेर विश्वभरका शेयर बजारमा हलचल मच्चाएका छन्। तर, के यसको अर्थ विश्व मन्दीतिर बढिरहेको छ?
सर्वप्रथम यो कुरा ध्यान दिनु आवश्यक छ कि शेयर बजारमा जे पनि हुन्छ, त्यो अर्थतन्त्रमा हुने परिवर्तनबाट स्वतन्त्र हुन्छ। अर्थात्, शेयरको मूल्यमा गिरावट आउनुको अर्थ सधैं आर्थिक संकट हुँदैन। तर, कहिलेकाहीँ यो हुन्छ। कम्पनीको शेयर बजार मूल्यमा गिरावट आउनुले यसको भविष्यको नाफाको मूल्यांकनमा परिवर्तनलाई जनाउँछ।
वास्तवमा बजारले अनुमान गरेको छ कि ट्यारिफ वृद्धि पछि चीजहरुको मूल्य बढ्नेछ। यस कारणले गर्दा कम्पनीहरुको नाफा घट्नेछ। तर, यसको अर्थ यो होइन कि मन्दी निश्चित रुपमा हुनेछ। ट्रम्पको ट्यारिफ घोषणा पछि, यो हुने सम्भावना स्पष्ट रूपमा कायम छ।
आर्थिक मन्दीको परिभाषा के हो ?
जब कुनै अर्थतन्त्रमा लगातार दुई त्रैमासिकसम्म खर्च वा निर्यात घट्छ तब मन्दी आएको मानिन्छ। गत वर्ष अक्टोबरदेखि डिसेम्बरसम्म बेलायतको अर्थतन्त्रमा ०.१ प्रतिशतको वृद्धि देखिएको थियो। गत महिनाको तथ्यांकले जनवरीमा पनि अर्थतन्त्रमा यस्तै गिरावट आएको देखाएको छ।
फेब्रुअरीमा बेलायती अर्थतन्त्रले कस्तो प्रदर्शन गर्यो भन्ने पहिलो अनुमान यस शुक्रबार जारी गरिनेछ। त्यसैले जहाँसम्म बेलायतको कुरा छ, थप तथ्यांकका लागि पर्खिनुपर्छ।
शेयर बजार दुर्घटना
यो कुरा स्पष्ट छ कि विश्वभरका शेयर बजारमा आएको गिरावटले चिन्ताजनक क्षति निम्त्याएको छ। बैंकहरुलाई सामान्यतया अर्थतन्त्रको प्रतिनिधिका रुपमा हेरिन्छ। ‘मेरो सास रोकिरहेको एउटै कुरा भनेको बैंक स्टकमा आएको गिरावट हो’, एक बजार विज्ञले भने।
एचएसबीसी र स्ट्यान्डर्ड चार्टर्ड दुई ठूला बैंक हुन्। जसले पूर्वी र पश्चिमी अर्थतन्त्रबीच भर्याङका रुपमा काम गर्छन्। यी दुवै महत्वपूर्ण बैंकको शेयरमूल्यमा १० प्रतिशतले गिरावट आएको छ। पछि केही खरिदका कारण दुवैको अवस्थामा सुधार आयो।
चिन्ता केवल शेयर बजारमा भएको उथलपुथलका बारेमा मात्र होइन। चिन्ताको विषय कमोडिटी एक्सचेन्जको हो। तिनीहरुमा पनि चेतावनीको संकेत देखिन्छ। तामा र तेलको मूल्यलाई विश्वव्यापी आर्थिक स्वास्थ्यको ब्यारोमिटर मानिन्छ। ट्रम्पले ट्यारिफ घोषणा गरेदेखि तामा र तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको छ।
मन्दी पहिले कहिले आएको थियो ?
आर्थिक मन्दी विश्वमा सामान्य घटना होइन। ‘वास्तविक मन्दी’ को अवधि धेरै कम भएको छ।
- अहिलेसम्म तीनवटा यस्ता अवधि भएका छन्। जसलाई मन्दी भनिन्छ –
- सन् १९३० को दशकको मन्दीलाई ‘महामन्दी’ भनिन्छ।
- सन् २००८ को आर्थिक संकटलाई ‘विश्वव्यापी वित्तीय संकट’ नाम दिइएको थियो।
- कोभिड महामारीका कारण २०२० मा विश्व अर्थतन्त्रको पांग्र्रा रोकियो।
यसपटक पनि त्यस्तै केही हुने सम्भावना अहिले कम छ। तर, धेरैजसो आर्थिक विश्लेषकहरुको नजरमा अमेरिका, बेलायत र युरोपेली संघमा मन्दीको डर कायमै छ। –बीबीसीबाट भावानुवादित