काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेबाट निष्काशन गरेको हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो ।
जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।

















