IME Life New

अपी पावरको लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत रहेको छ।

Esewa
Crest

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.३० प्रतिशत अर्थात ३० प्रतिशतले हुन आउने १९१.३९ करोड रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

यी दुवै निर्णय पारित गर्न कम्पनीले यही पुस २९ गते आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले बोनस शेयर र हकप्रद शेयर जारी गर्न नियमनकारी निकायबाट आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीमा हालसम्म भएको स्वपुँजी लगानी अनुमोदन तथा थप स्वपुँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS