IME Life New

एलन मस्कलाई अर्को झट्का, टेस्लाबाट राजीनामा दिन लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाएका विश्वकै धनीव्यक्ति एलन मस्कले पछिल्लो दिनहरुमा लगातार झट्का व्यहोर्नुपरिरहेको छ।

राजनीतिक रुपमा ट्रम्पसँग जोडिएका मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको शेयरभाउ लगातार घटिरहेको छ। टेस्लाका लगानीकर्ताले ठूलो घाटा व्यहोरिरहेका छन्।

Esewa
Crest

अर्कोतर्फ विश्व बजारमा टेस्ला कार बहिष्कार अभियान पनि चलेको छ। टेस्ला कारको बिक्री ह्वात्तै घट्नुका साथै अमेरिकाकै विभिन्न ठाउँमा टेस्ला कारमाथि आक्रमण भइरहेको छ।

लगानीकर्ताले अब टेस्ला कम्पनीको सीईओबाट राजीनामा दिन मस्कलाई दबाब दिन थालेका छन्। ट्रम्पको सरकारी दक्षता विभाग प्रमुख भएपछि मस्कले आफ्ना कम्पनीहरुमा ध्यान दिन छाडेको उनीहरुको आरोप छ।

सार्वजनिक कार्यक्रमहरुमै लगानीकर्ताले मस्कले अब टेस्ला कम्पनीबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS