IME Life New

फर्जी मृत्यु दाबीबाट पौने ३ अर्ब रकम झ्वाम, अमेरिकी महिलालाई २० वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा फर्जी मृत्यु दाबीबाट २ करोड डलर (करिब पौने ३ अर्ब रुपैयाँ) भुक्तानी लिन सफल एक महिलालाई २० वर्ष बढीको जेल सजाय हुने पक्का भएको छ।

अमेरिकाको मेरिल्यान्ड बस्ने माउरिन विल्सन फर्जी मृत्यु दाबीबाट अर्बौं रकम भुक्तानी लिएकोमा दोषी ठहर भएकी हुन्। उनलाई संघीय अदालतले सोमबार माउरिनलाई षड्यन्त्रपूर्वक विभिन्न व्यक्तिका नाममा बीमालेख जारी गरेको र बीमा कम्पनीहरुमा फर्जी मृत्यु दाबी पेस गरेर भुक्तानी लिएकोमा दोषी ठहर गरेको हो।

Esewa
Crest

अदालत पेस गरिएका कागजात र प्रमाणका आधारमा माउरिनले आफ्ना पति जेम्स विल्सनको सहयोगमा बीमा धोकाधडीको घटनालाई साकार पार्न सफल भएको देखिन्छ। उनले विभिन्न कम्पनीबाट फरक–फरक व्यक्तिका नाममा ४० वटा जीवन बीमालेख जारी गरेको अनुसन्धानबाट खुलेको छ। ती सबै व्यक्तिको व्यक्तिगत विवरण चोरेर बीमा कम्पनीहरुमा उनले जीवन बीमालेख जारी गरेकी थिइन्। पछि तिनै व्यक्तिको फर्जी मृत्यु दाबी पेस गरेर २ करोड डलरभन्दा बढी भुक्तानी लिन सफल भइन्।

माउरिन सम्पत्ति शुद्धीकरण, कीर्तेलगायतको मुद्दामा दोषी ठहर भएकी छन्। उनले व्यक्तिगत लगानीकर्ताबाट पैसा उठाएर बीमालेखको प्रिमियम बुझाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ।

फर्जी मृत्यु दाबीको भुक्तानीबापतको रकम प्राप्त भएपछि विल्सन दम्पतीले विभिन्न बैंक खातामा जम्मा गर्ने गरेका थिए। फर्जी कागजात पेस गरेर उनले इन्कम ट्याक्स रिटर्नमार्फत सन् २०१८ र २०१९ को बीचमा करिब ७७ लाख डलर पाउन सफल भएकी थिइन्।

अदालतले आउँदो जुन २० मा माउरिनमाथि सजाय निर्धारण गरेको गर्नेछ। तर, अमेरिकी कानुनअनुसार यी सबै धोकाधडीमा उनीमाथि २० वर्षभन्दा बढी जेल सजाय हुने पक्का रहेको कानुनविदहरु बताउँछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS