IME Life New

बजाज समूहलाई शेयर स्वामित्व बेचेर बीमा व्यवसायबाट बेच्ने एलायन्ज समूहको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी बीमा कम्पनी, एलायन्ज एसइले भारतीय निर्जीवन र जीवन बीमा कम्पनीमा रहेको आफ्नो शेयर स्वामित्व बिक्री गरेर बाहिरिने सहमति गरेको छ। बजाज फिनसर्भ लिमिटेडसँग बाध्यकारी शेयर बिक्री गर्दै निर्जीवन र जीवन बीमा संयुक्त उद्यमहरू – बजाज एलायन्ज जनरल इन्स्योरेन्स कम्पनी र बजाज एलियान्ज लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो शेयर स्वामित्व हस्तान्तरण गरेको हो।

एलायन्जले भारतीय लगानीकर्ता बजाज समूहलाई शेयर स्वामित्व हस्तान्तरण गरेको हो। दुबै  बीमा कम्पनीमा एलायन्जसँग २६ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।  बजाज समूहलाई कुल २ अर्ब ६० करोड युरोमा बिक्री गर्ने सहमति  मंगलबार भएको थियो। एलायन्जले एकमुष्ठ नभएर फरक फरक किस्तामा रकम प्राप्त गर्नेछ।

Esewa
Crest

एलायन्ज समूहको शेयर स्वामित्व खरिद गर्ने निर्णयसँगै बजाज समूहले भारतमा १ अर्ब रूपैयाँ लगानीमा देशका विभिन्न स्थानमा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। बजाजले सस्तो र महँगो दुबै खाले सेवा प्रदान गर्ने गरी स्वास्थ्य संस्थाको सञ्जाल निर्माण गर्ने योजना रहेको छ। यसले आफ्नो स्वास्थ्य बीमा सेवाको पुरक सेवाकारूपमा अस्पताल सञ्चालनलाई उपयोग गर्न सकिने विश्वास गरेको छ।

एलायन्ज समूहले बिक्रीपछि भनेको छ, शेयर बिक्री गर्ने निर्णय बजाज फिनसर्भ लिमिटेडसँगको रचनात्मक र मैत्रीपूर्ण वार्ताको परिणाम हो। भारत, एलायन्जको विकास बजारहरू मध्ये एक हो, र एलायन्जले बजारमा आफ्नो स्थिति बलियो बनाउने र लगानीकर्ताको रूपमा मात्र नभई  सञ्चालकको रूपमा पनि सेवा गर्ने क्षमता विस्तार गर्ने गरी नयाँ अवसरहरू खोजी गर्ने जानकारी दिएको छ।

यो शेयर खरिद बिक्री सम्झाैताले मान्यता प्राप्त गर्न नियामक स्वीकृतिहरू प्राप्त गर्न आवश्यक छ, जसमा धेरै महिना लाग्ने अपेक्षा गरिएको छ। शेयर हस्तान्तरण र संयुक्त उद्यमहरूको प्रवर्द्धकको रूपमा एलायन्जको बहिर्गमन पछि, एलायन्ज एसई र बजाज फिनसर्भ लिमिटेड बीचको संयुक्त उद्यम सम्झौताहरू पनि समाप्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS