काठमाडौं । आधुनिक तथा नविकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाएको छ । संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले ऊर्जा विकास मार्गचित्र २०८१ कार्यान्वयन गर्न कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरिने जनाएका छन् । साथै, नविकरण ऊर्जाका वैकल्पिक स्रोतका रुपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गरिनेछ । सुख्खायाममा समेत विद्युत आपुर्तीको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत आयोजना विकासका लागि उपयुक्त वित्तीय मोडेल अपनाइनेछ । तीन तहका सरकारहरुको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अपक्रिड सौर्य तथा वायुऊर्जा लघु तथा साना जलविद्युत र मिनीग्रिड मार्फत विद्युत आपुर्ति विस्तार गरिनेछ ।
नीजि क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रशारण लाइनको विस्तार गरिने जनाएको छ ।

















