IME Life New

अल फाशर अस्पताल नरसंहारः सुडानमा ४६० भन्दा बढी मारिए, युद्ध अपराधको डर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सुडानको गृहयुद्धमा सबैभन्दा भयानक घटनाहरुमध्ये एक पश्चिमी सुडानको अल फाशर सहरस्थित साउदी मेटर्निटी हस्पिटलमा भएको नरसंहारमा ४६० भन्दा बढी नागरिक मारिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो घटनाको पुष्टि गर्दै आक्रमणमा बिरामी र तिनका कुरुवाहरुको सामूहिक हत्या भएको जनाएको हो। अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले यसअघि सरकारी नियन्त्रणमा रहेको डार्फरको यो अन्तिम ठूलो सहर कब्जा गरेपछि यो जघन्य अपराध भएको हो।

Crest

आरएसएफले सहरमा नियन्त्रण जमाएपछि भएको व्यापक हिंसाका कारण लाखौँ मानिस विस्थापित भएका छन्। यो अस्पताल अल फाशरको अन्तिम आंशिक रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्था थियो। जसले भोकमरी र घाइते नागरिकलाई आश्रय दिइरहेको थियो। नरसंहारपछि डाक्टर, नर्स र फार्मासिस्टसहित ६ जना स्वास्थ्यकर्मीलाई आरएसएफ लडाकुहरुले अपहरण गरेका छन्।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यस घटनालाई सुडानको गृहयुद्धकै सबैभन्दा खराब अत्याचारमध्ये तीव्र निन्दा गरेका छन्।

आरएसएफले अल फाशर कब्जा गरेपछि जातीय रुपमा लक्षित हत्या र घर–घरमा गएर कारबाही चलाएको रिपोर्टहरु सार्वजनिक भएका छन्। जसले दुई दशकअघिको डार्फर युद्धको नरसंहारकारी अभियानको सम्झना गराउँछ।

दसौँं हजार मानिस सहर छोडेर भागेका छन्। खाद्यान्न, पानी र स्वास्थ्य सेवाको संकट परेको छ।

संयुक्त राष्ट्रसंघले सुडानलाई विश्वकै सबैभन्दा गम्भीर मानवतावादी संकटमध्ये एक भनेको छ। जहाँ ३ करोडभन्दा बढी मानिसलाई तत्काल सहायता आवश्यक छ र डेढ करोड बालबालिका प्रभावित छन्।

अप्रिल २०२३ मा युद्ध चर्किएयता डब्ल्यूएचओले सुडानमा स्वास्थ्य संस्थाहरुमाथि भएका २८५ वटा आक्रमण पुष्टि गरिसकेको छ। जसमा १ हजार २०० भन्दा बढी स्वास्थ्यकर्मी र बिरामीको मृत्यु भएको छ। यो भयानक नरसंहारले स्वास्थ्य सेवालाई नै लक्षित गर्ने व्यवस्थित ढाँचालाई प्रकाश पारेको छ।

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ (ईयू) र पश्चिमी राष्ट्रहरुले यस अत्याचारको व्यापक रुपमा निन्दा गरेका छन्। ईयूका विदेश नीति प्रमुखले आरएसएफको कार्यलाई क्रूर र जातीय लक्षित भनेका छन्।

सुडानले आरएसएफलाई सैन्य र आर्थिक सहयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजी)मा यूएईविरुद्ध मुद्दा दायर गरेको छ। यूएईले भने यी आरोपहरु निराधार रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS