काठमाडौं । फ्रान्सेली पुनरावेदन अदालतले बिहीबार रियो-पेरिस विमान दुर्घटनामा एयरबस र एयर फ्रान्सलाई संस्थागत नरसंहारको दोषी ठहर गरेको छ। गत वर्षको आठ हप्ताको मुद्दामा अभियोजकहरूको अनुरोध पछि पुनरावेदन अदालतले उनीहरू दुबैलाई संस्थागत नरसंहारको लागि अधिकतम जरिवाना, २ लाख ६१ हजार ७२० अमेरिकी डलर बराबरको क्षतिपूर्ती तिर्न आदेश दियो।
यो जरिवानाको रकम ती दुबै कम्पनीको कुल अाम्दानीको सानो अंश मात्र भएपनि यसले उनीहरूको संस्थागत छबिमा असर पर्ने भएकाले उनीहरू पुनरावेदनका लागि सर्वोच्च अदालत जाने भएका छन् ।
तल्लो अदालतले सन् २०२३ मा गरेको फैसलामा यी दुई फ्रान्सेली कम्पनीहरूलाई सफाइ दिएको थियो । दुबै कम्पनीले पटक पटक दुर्घटनामा आफ्नो तर्फबाट लापरवाही भएको आरोप अस्वीकार गर्दै आएका छन्।
अहिले पुनरावेदन अदालतले तल्लो अदालतको फैसला बदर गरेपनि यो विवादमा विगत १७ वर्षदेखिको मृतकको आफन्त र ती दुई कम्पनीबीच कानूनी लडाई जारी नै रहने देखिएको छ।
“न्याय पूर्ण रूपमा भएको छ,”अदालतको फैसलापछि अदालत परिसरमा भेटिएका एएफ ४७ पीडित संघका अध्यक्ष डेनिएल लामीले भने। उनको छोरा विमान दुर्घटनामा मृत्यु भएका २२८ जनामध्ये एक थिए।
फ्रेन्च न्यूजका अनुसार, जुन १, २००९ मा भूमध्यरेखीय आँधीको समयमा एयरबस ए३३० एट्लान्टिक सागरमा अँध्यारोमा डुब्दा दुर्घटना भएको थियो । बिहीबारको फैसला मुख्यतया फ्रान्सेली, ब्राजिलियन र जर्मन पीडितहरूका आफन्तहरू र फ्रान्सका दुई सबैभन्दा प्रतीकात्मक कम्पनीहरू संलग्न कानूनी म्याराथनमा पछिल्लो कोसेढुङ्गा हो।
फ्लाइट ४४७ बाट कालो बक्सहरू(ब्ल्याक बक्स) दुई वर्षको गहिरो समुद्री खोजी पछि सन् २०११ मा फेला पारिएको थियो।
यो मुद्दाले दुर्घटनाको कारण र मुख्यतया पाइलटहरूको कार्यमा केन्द्रित नागरिक दुर्घटना रिपोर्ट र अदालतले औंल्याएको कारण र प्रभावको फराकिलो श्रृंखला बीचको खाडललाई लिएर वायू सेवा कम्पनी र विमान निर्माता बीचको तीतो विभाजनलाई उजागर गर्यो।
विश्लेषकहरूले भने कि यो फैसलाले दुर्घटनामा नियामकहरूको विचार परिवर्तन गर्ने सम्भावना छैन, जसले ठूला प्राविधिक परिवर्तनहरू निम्त्याएन। फ्रान्सका दुर्घटना अनुसन्धानकर्ताहरूले विमानका चालक दलले आइस-अप(अत्यधिक चिसो भएका बेला इन्जिनलाइ चालू राख्ने) सेन्सरहरूसँग सम्बन्धित समस्यालाई गलत तरिकाले सम्हालेपछि विमानको पखेंटा मुनिबाट लिफ्ट काटेर आफ्नो जेटलाई स्टल(जड अवस्था) मा धकेलेका थिए।
अभियोजकहरूले आफ्नो ध्यान विमान निर्माता र एयरलाइन दुबै भित्रका कथित असफलताहरूमा केन्द्रित गरे। ती मध्ये खराब प्रशिक्षण र पहिलेका सेन्सर त्रुटिहरूको अनुगमन गर्न असफल हुनु समावेश थियो।












