IME Life New

एयर इन्डिया विमान दुर्घटनाः बीमा कम्पनीमा पीडित परिवारबाट परे यस्ता दाबी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सायद जुन १२ को दिन कसैले बिर्सन सक्दैन। यसै दिन भारतको अहमदाबादमा एउटा भयानक हवाई दुर्घटना भएको थियो। जसमा अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको उडान एआई–१७१ उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परेर विमानमा सवार २४२ यात्रु र चालक दलका सदस्यमध्ये २४१ जनाको मृत्यु भयो भने १९ भन्दा बढीले जमिनमै ज्यान गुमाए। यस घटनाको अनुसन्धान भइरहेको छ र निरन्तर नयाँ खुलासा भइरहेका छन्।

Crest

यसैबीच बीमा कम्पनीहरुले यस विमान दुर्घटनाका पीडित परिवार बाट धेरै प्रकारका बीमा दाबीहरु प्राप्त गरिरहेका छन्। पीटीआई रिपोर्टका अनुसार अहमदाबाद विमान दुर्घटनापछि बीमा कम्पनीहरुले यसमा ज्यान गुमाएकाहरुका परिवारबाट निरन्तर दाबीहरु प्राप्त गरिरहेका छन्। यसमा होटल बुकिङ रद्द गर्नेदेखि सामान हराउने र दुर्घटना मृत्यु बीमा कभरेजदेखि यात्रा योजना रद्द गर्नेसम्मका धेरै प्रकारका दाबी समावेश छन्।

यसबाहेक यस घटनापछि व्यक्तिगत दुर्घटना र जीवन बीमाजस्ता विभिन्न बीमा वर्गहरुअन्तर्गत धेरै दाबी परेका छन्। जसमा किसान क्रेडिट कार्डधारकहरु पनि समावेश छन्।

यसबारे जानकारी दिँदै आईसीआईसीआई लोम्बार्डले भनेको छ, ‘यात्रा बीमा र व्यक्तिगत दुर्घटना बीमाअन्तर्गत हामीले मुख्यतया प्राप्त गरेका दाबीहरुमा दुर्घटनात्मक मृत्यु, यात्रा रद्द, सामान हराउने र होटल रद्द गर्ने समावेश छन्।’

आईसीआईसीआई लोम्बार्डकी स्वास्थ्य उत्पादन, सञ्चालन र सेवा प्रमुख प्रिया देशमुखले भनिन्, ‘हामी यस कठिन समयमा हाम्रा बीमित र तिनका परिवारहरुलाई सहयोग गर्न प्रतिबद्ध छौँ। हामी यस दुर्घटनामा पीडित परिवारलाई सबै सम्भावित सहयोग प्रदान गर्न र उनीहरुको दाबीको समयमै फर्छ्यौट सुनिश्चित गर्न प्राथमिकताका आधारमा काम गरिरहेका छौँ।’

एयर इन्डिया विमान दुर्घटनापछि अन्य बीमा कम्पनीले प्राप्त गरेका दाबीलाई हेर्दा बजाज एलियान्ज जनरल इन्स्योरेन्सले व्यक्तिगत दुर्घटना कभरेज र समुद्री कार्गोसँग सम्बन्धित बीमा दाबीहरु प्राप्त भएको जनाएको छ। कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत दुर्घटना कभरेजसँग सम्बन्धित तीन दाबी र समुद्री कार्गो बीमाअन्तर्गत एउटा दाबी प्राप्त भएको छ।’ समुद्री कार्गोले सामान्यतया सडक, रेल, हवाई, समुद्री वा कुरियरबाट ढुवानी गरिएका सामानहरुलाई समेट्छ।

जीवन बीमापछि व्यक्तिगत दुर्घटना कभरका लागि दाबी यस दुर्घटनामा दोस्रो स्थानमा छ। यद्यपि, धेरैजसो बीमा कम्पनीहरुले मृतकका परिवारहरुबाट औपचारिक अनुरोधहरुका लागि जारी प्रक्रियालाई उद्धृत गर्दै उनीहरुले प्राप्त गरेको दाबीको सही संख्या खुलासा गरेका छैनन्।

पीटीआईको रिपोर्टले न्यु इन्डिया एस्योरेन्सका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘कम्पनीले व्यक्तिगत दुर्घटनासँग सम्बन्धित ७ वटा दाबी र समूह व्यक्तिगत दुर्घटना कभरको ५ वटा दाबी तय गरेको छ। यसैबीच, किसान क्रेडिट कार्ड योजनाअन्तर्गत भारु ५० हजारको दाबी प्राप्त भएको छ।’

एयर इन्डिया विमान दुर्घटनापछि भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले यससँग सम्बन्धित सबै बीमा दाबी सकेसम्म चाँडो समाधान गर्न निर्देशन जारी गरेको थियो। दुर्घटनापछि जुन १४ मा जारी गरिएको एक परिपत्रमा आईआरडीएआईले भनेको छ, ‘सबै बीमा कम्पनीलाई जुन १६ देखि दाबीहरुको साप्ताहिक अपडेटहरु जारी गर्नुपर्नेछ।’

पछिल्लो अपडेटको बारेमा कुरा गर्दै एक्सिस म्याक्स लाइफ इन्स्योरेन्सका सीओओ मनु लावण्यले भने, ‘कम्पनीको इन्स्टाक्लेम प्रक्रियाअन्तर्गत हामीले केवल ३ घन्टाभित्र दुर्घटना पीडितमध्ये एकको दाबी समाधान गर्न सक्षम भयौँ। यसले सबैभन्दा महत्वपूर्ण समयमा करुणामय कार्यमा हाम्रो ध्यान केन्द्रित गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS