काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गनेृ लाभांश पारितका लागि आज साधारण सभा गर्दैछ । कम्पनीको भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आज असोज १ गते, बिहीबार, होटल इम्पेरियलमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २२ गते बुकक्लोज गरेको थियो । यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।













