IME Life New

भ्रामक प्रचार गरेको सम्बन्धमा इन्स्योरेन्स खबरमा प्रकाशित समाचारमा अभिकर्ता लक्ष्मी केसीको खण्डन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स खबरले बीमा ऐन र नियमावली तथा आचारसंहितालाई बेवास्ता गर्दै  केही अभिकर्ताहरुले सामाजिक सञ्जालमार्फत बीमाको गलत प्रचारप्रसार गरिरहेको भन्ने विषयमा सम्प्रेषण गरेका समाचार प्रति एलआइसी नेपालकी अभिकर्ता लक्ष्मी केसीले औपचारिक प्रतिकृया (खण्डन) पठाएकी छिन् ।

प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ को बुँदा ४(१४) मा रहेको व्यवस्था बमोजिम सम्बन्धित पक्षको विचार र खण्डनलाई उचित स्थान दिनुपर्ने प्रावधानलाई आत्मसाथ गर्दै केसीको पत्रलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

Esewa
Crest

अभिकर्ता केसीले पठाएको खण्डनलाई स्थान दिएपनि इन्स्योरेन्स खबरले प्रकाशन गरेको भ्रामक प्रचार गर्न छोडेनन् अभिकर्ताले, अझै पनि झुठा प्रचार सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती – Insurance Khabar  समाचार  सम्बन्धित अभिकर्ताहरूको सामाजिक सञ्जालमा उपलब्ध श्रव्य दृश्य सामाग्री र प्रचार सामाग्रीहरूको आधारमा तयार पारिएकाले समाचारको तथ्य र हाम्रो अडानमा भने कुनै परिवर्तन नभएको स्पष्ट पार्न चाहन्छौं ।

लक्ष्मी केसीको खण्डनका मुख्य बुँदाहरूः

‘बीमा क्षेत्रका समाचारलाई प्राथमिकता दिँदै सञ्चालित समाचारमूलक अनलाइन इन्स्योरेन्स खबर डटकममा भदौ १४ गते भ्रामक प्रचार गर्न छोडेनन् अभिकर्ताले, अझै पनि झुठा प्रचार सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भन्ने शीर्षकमा बीमाको आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेको आरोप लगाइएको छ’, खण्डनमा केसीले उल्लेख गरेकी छन्, ‘उक्त समाचारमा आएको विषयप्रति हाम्रो असहमति रहेको छ। समाचारको विषयबस्तुले हाम्रो पेसालाई समेत बदनाम गराउने कोसिस गरिएकोप्रति हाम्रो आपत्ति रहेको छ।’

उनले खण्डन पत्रमा सामाजिक सञ्जालको विभिन्न प्लेटफर्ममा प्रचारप्रसार गर्न रोक लगाइएको सूचनापछि उक्त प्रचार सामग्री स्वयं आफ्नो सामाजिक सन्जालको प्लेट फर्मबाट हटाइसकेको दाबी गरेकी छिन् । र पहिले–पहिले गरेको प्रचार सामग्रीलाई स्क्रिन सर्ट गरी अहिले आरोप निराधार आरोप लगाएको प्रतिकृया दिएकी छिन् ।

उनले ‘मैले बुझेको अनुसार कुनै पनि व्यक्तिमाथि आरोप लगाउँदा आरोपीत व्यक्तिको पनि प्रतिक्रिया राख्नुपर्ने सामन्य पत्रकारिताको सिद्धान्त हो। तर, हाम्रो तस्बिरसहित समाचार प्रकाशन गर्दासमेत हामीलाई उक्त आरोपको विषयमा कुनै प्रतिक्रिया लिएको छैन। यसैले उक्त समाचार असत्य, झुठ रहेको र तथ्यसंगत नभएकोले हामी समाचारमा आएका विषयवस्तुको खण्डन गर्न चाहन्छौँ।’

इन्स्योरेन्स खबरको प्रतिकृयाः

१) बीमाको कार्यक्रमलाई सामाजिक सञ्जालको उपयोग मात्रै गरेको दाबी झूठोः किनकी उनको सामाजिक सञ्जाल (फेसबुक पेज, टिक टकयुट्युब च्यानल ) मा बीमा प्रचार प्रसारका सामाग्रीहरू पर्याप्त मात्रामा भेटिएका छन्।

२) आफ्नो सामाजिक सन्जालको प्लेट फर्मबाट हटाइसकेका छौँः उनको सामाजिक सञ्जालमा जीवन बीमा सम्बन्धि भ्रामक प्रचार सामाग्रीहरू अझै पनि सार्वजनिक उपभोगका लागि उपलब्ध छन्।

३) पहिले पहिले गरेको प्रचार सामाग्रीलाई स्क्रीन सट गरी अहिले लगाइएको आरोप निराधार रहेको छः अभिकर्ता लक्ष्मी केसीको फेसबुक पेज, टिकटक पेज र युट्युब सर्टसमा अभिकर्ता आचारसंहिताको नयाँ संस्करण २०८३ बैशाख १० गतेदेखि लागू भएयताको मितिमा समेत फ्रि मा बीमा, फिक्स्ड डिपोजिट बीमा, सुनिश्चित प्रतिफल रकम जस्ता विवरण उल्लेख गरिएका सामाग्रीहरू निरन्तरत प्रशारण गरिएका छन् ।

४) आरोपीत व्यक्तिको पनि प्रतिक्रिया राख्नुपर्नेः समाचारमा कुनै व्यक्ति विशेषलाई लक्षित नगरी आम प्रवृत्तिको बारेमा केही प्रतिनिधि पात्रहरू(१२ जना भन्दा बढी) अभिकर्ताको सामाजिक सञ्जालमा उपलब्ध प्रचार सामाग्रीहरूको ‘स्क्रिन सट’ समावेश गरिएको र ती ‘स्क्रिन सट’ तथा श्रव्यदृश्य र प्रचार सामाग्रीबाट आरोप पुष्टी गर्ने पर्याप्त आधार भएकाले व्यक्तिगत प्रतिकृयाहरू समावेश गर्न आवश्यक नदेखिएको ।

यसबाहेक नेपाल बीमा प्राधिकरणले २०८३ भदाै ८ गते समेत अभिकर्ताहरूलाई आचारसंहिता २०८३ बारे स्मरण गराउँदै कारवाहीको चेतावनी दिएकै दिन समेत अभिकर्ता केसीले ‘बच्चाको बीमा गर्दा अभिभावकको बीमा फ्रि’ भन्ने शिर्षक राखेर आफ्नो फेसबुक र टिकटक पेजबाट श्रव्यदृश्य सामाग्री प्रशारण गरेकी छिन् ।

इन्स्योरेन्स खबरले निज अभिकर्ता केसीको सामाजिक सञ्जाल (फेसबुक पेज, टिक टकयुट्युब च्यानल ) समेतमा बीमा ऐन २०७९, बीमा नियमावली २०८१ तथा बीमा अभिकर्ताको आचारसंहिता २०८३ ले गर्न नहुने भनेर तोकेका कार्यहरू गरेको पर्याप्त श्रव्यदृश्य सामाग्रीहरू फेला पारेर त्यसको प्रमाणहरू सुरक्षित राखेको छ।

अभिकर्ता केसीले सामाजिक सञ्जालहरूमार्फत् प्रशारण गरेका जीवन बीमा सम्बन्धी प्रचारात्मक सामाग्रीहरूमार्फत् बीमा अभिकर्ताको आचारसंहिता २०८३ को अभिकर्ताले गर्न नहुने भनी तोकिएका आचारसंहिताका निम्न बुँदाहरूको उलंघन गरेकी छिन्ः

(क) अस्वस्थ प्रतिस्पर्धा तथा प्रलोभनः अभिकर्ता केसीले बीमितलाई फ्रिमा बीमा, बाँकी शुल्क भुक्तानी गर्न नपर्ने र पोलिसीमा नभएका गैर-कानूनी प्रलोभन देखाएकी छिन्।

(ग) गोपनीयता र सूचनाको इमानदारिता: ग्राहकको बारेमा आफूलाई जानकारी भएको व्यक्तिगत गोपनीयतासँग जोडिएका संवेदनशील विवरणहरू(नाम र ठेगाना, उमेर, रोजगारी, बीमाङ्क रकम र बीमाशुल्क) उनले सामाजिक सञ्जालमार्फत् पटक पटक सार्वजनिक गरेकी छिन्।

(छ) दर र शर्तको उल्लंघनः निजले बीमाको सेवा शर्तहरूको बारेमा बीमालेखमा नभएका शर्तहरू उल्लेख गरेर प्रचार गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS