IME Life New

आ.व. २०८२।८३ मा निर्जीवन बीमकहरुले कुन क्षेत्रबाट कति भित्र्याए व्यापार ? (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकले गत आर्थिक वर्ष २०८२।८३ मा करिब ५२ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ सर्वाधिक १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा २९.८३ प्रतिशत रहेको छ।

Esewa
Crest

कम्पनीहरुको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ। समीक्षा वर्षमा कम्पनीहरुले सम्पत्ति बीमातर्फ १२ अर्ब २२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको योगदान २३.५५ प्रतिशत रहेको देखिन्छ।

यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा वर्षमा यो क्षेत्रबाट कम्पनीहरुले १० अर्ब ७ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १९.४१ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा कम्पनीहरुले विविध बीमातर्फ ५ अर्ब ३२ करोड ३ लाख रुपैयाँ (१०.२५ प्रतिशत), सामुद्रिक बीमातर्फ ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ (६.०१ प्रतिशत), हवाई बीमातर्फ २ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ (४.९४ प्रतिशत), कृषि बीमातर्फ १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ (३.४५ प्रतिशत) र लघु बीमातर्फ १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ (२.५६ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS