काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औं साधारणसभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
आज गठित नयाँ कार्य समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश बैद्य, नारायण प्रसाद घिमिरे, रोशनी भारती निर्वाचित भएका छन् ।
७ सदस्यीय नयाँ कार्य समितिले मर्चेन्ट बैंकरहरुको साझा हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।