काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसरका लागि केही, सिनियर अफिसर आइटीका लागि १ जना,अफिसरका लागि केही, जुनियर अफिसरका लागि केही, सुपर भाइजरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि केही र गोल्ड टेस्टरका लागि केही संख्यामा कर्मचारीको माग गरेको बैंकले जनाएको छ ।
आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नै कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले उल्ल्ेखित ठेगानामा विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।