काठमाडौँ । अरुण काबेली पावर कम्पनी लिमिटेडको १० औं वार्षिक साधारण सभा आज कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै, सभामा कम्पनीको वित्त प्रबन्धक थानेश्वर भट्टराईद्वारा पेश गरिएको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएको छ ।
त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित भएको छ ।