Connect IPS
IME Life

मध्यराति कौशलटारमा कार दुर्घटना, एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएराति राजधानीको कौशलटारमा भएको एक सवारी दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ । देशकै अत्याधुनिक सडकमा अत्याधिक गतिमा हुईक्याईएको कार सडक किनारामा रहेको फलामका पोल हुँदै सिमेन्टको डिभाईडरमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुग्दा काठमाडौं धुम्बाराहीकी रिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नामा अन्य तीन जना घाइते छन् । कार चालक तथा घाइतेहरुले सँगै रहेकी युवतीलाई दुर्घटनामा मृत्यु भएको ठानी सोही अवस्थामा छोडेर फरार भएको प्रहरीले जनाएको छ । बिभत्स दुर्घटनापछि अन्य सडक प्रयोगकर्ताले घाइते अवस्थाकी युवतीको उद्धार गरेका थिए ।

Prabhu
Crest

श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले क्लोजसर्किट क्यामेरा लगायतका साधनबाट कार चालक तथा सो कारमा सवार व्यक्तिहरुको खोजी गरेको थियो । कार चालक भक्तपुर लोकन्थली बस्ने २६ बर्षिय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले कारमा यात्रारत भक्तपुरकै मध्यपुरका बिजय देउजा र सूर्यबिनायक दधिकोट, गाम्चा बस्ने सुदिप थापालाई प्रहरीले नियन्त्रण लिई आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको बीमा दावी पर्ने नपर्ने खुलिसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS