IME Life New

बैदेशिक रोजगार म्यादी बीमा र कल्याणकारी कोषको शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । अब वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सकिने जनाएको छ ।

त्यसैगरी कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

Esewa
Crest

त्यस्तै, पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

साथै, म्यानपावर मार्फत बैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्। जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएको लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS