IME Life

माउन्टेन इनर्जीको आईपिओको बाँडफाँड बुधबार, गोलाप्रथाबाट एक लाख ८३ हजारले मात्रै शेयर पाउने

SPIL
NIC ASIA

काठमाडौँ । यही मंसिरको पहिलो साताबाट आईपिओ जारी गरेको माउन्टेन इनर्जीको आईपिओ बाँडफाँड भोलि बुधबार विहान १०ः०० बजे हुने भएको छ ।

माउन्टेन इनर्जीले जारी गरेको आईपिओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबार विहान १०ः०० बजे आईपिओ बाँडफाँड गर्न लागेको जनाएको छ । आईपिओ बाँडफाँड माउन्टेन इनर्जीको केन्द्रीय कार्यालयमा हुनेछ ।

Prabhu
Crest

कम्पनीले यही कार्तिक अन्तिम साता १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ कात्तिक २६ गते निष्काशन खुल्ला भई मंसिर ३ गते बन्द गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २७ कित्ता आईपिओ जारी गरेकोमा ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता(५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ सर्वसाधारणलाई बाँडफाँड गर्दैछ ।

उक्त आईपिओमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । उक्त आईपिओ गोलाप्रथाबाट १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS