काठमाडों । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।