IME Life New

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, मिश्रित कार्यसमिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हिजो सम्पन्न भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन् । कार्य समितिका अन्य सदस्यहरु भने मिश्रित परिणाम आएको छ ।

महासंघको हिजो अबेर प्रकाशन भएको नतिजा अनुसा बरिष्ठ उपाध्यक्ष ढकालले करिब ५४ प्रतिशत मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रत्यासी किशोर प्रधानले ४६ प्रतिशत मत ल्याएर पराजित भएका छन् । सबैभन्दा धेरै मतभार रहेको जिल्ला नगरमा झिनो मतले प्रधान बिजयी भएपनि एशोसिएट्स र बस्तुगतमा धेरै मतान्तरका कारण पराजित भएका हुन् ।

Esewa
Crest

महासंघको निर्वाचन समितिका अनुसार जिल्ला–नगरतर्फबाट ५० प्रतिशत, एसोसिएटबाट ३० र वस्तुगततर्फबाट २० प्रतिशत मतभार रहने व्यवस्था छ । निर्वाचन समितिका अनुसार ढकालले जिल्ला नगरतर्फ ५२ र प्रधानले ५३, वस्तुगततर्फ ढकालले ५९ र प्रधानले ३९ मत र एसोसिएटतर्फ ढकालले ५ सय ८२ र प्रधानले ३ सय ७४ मत पाएका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्ला नगरमा दिनेश श्रेष्ठ, बस्तुगतमा अन्जन श्रेष्ठ तथा एशोसिएट्समा रामचन्द्र संघाई बिजयी भएका छन् । दिनेश र अञ्जन किशोर प्यानलका हुन् भने संघाई ढकाल प्यानलका हुन् । महासंघको जिल्लारनगरतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्रकुमार भगत, कुवीर श्रेष्ठ, कमानबहादुर खड्का, डीबी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोर आचार्य र अमृत भट्टचन महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

महासंघमा कुल ६४ पदका लागि निर्वाचन भएको हो । वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने महासंघको विधान छ । निर्वाचन परिणाम अनुसार नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, सुमितकुमार केडिया, आकाश अधिकारी, हेमराज ढकाल, सुबोधकुमार गुप्ता र प्रकाशसिंह कार्की सदस्यमा विजयी भएका छन् । त्यस्तै, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, अरनिको राजभण्डारी, मीनमान श्रेष्ठ, सुकुन्तलाल हिराचन, सन्दीपकुमार अग्रवाल र विष्णुप्रसाद गैरे कार्य समितिमा निर्वाचित भएका छन् ।

त्यसैगरी, प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत (निर्विरोध), प्रदेश २ बाट विजयकुमार साह, वाग्मती प्रदेशबाट सहनलाल प्रधान, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, कर्णाली प्रदेशबाट ललिमान बुढा, सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर र संस्थापक समूहबाट दामु अधिकारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS