IME Life

गुल्मीमा जीप दुर्घटना, छ जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । आज विहानै गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको यात्रुबाहक जिप सोही गाउँपालिकाको हुल भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । नौ जना सवार रहेको जीपमा यात्रारत दुई जना घाइते छ भने एक जना चालक सकुशल रहेका छन् ।

घट्नामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Prabhu
Crest

दुर्घटनामा चालक वुद्ध बस्नेत सकुसल रहेका छन् भने सह–चालकसहित दुई जना घाइते छन् । घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घट्नाको बीमा दावी पर्ने भएको छ । सार्वजनिक सवारी भएकोले अनिवार्य गरिएको तेस्रो पक्ष बीमा बापत ३० लाख भन्दा बढि दावी भुक्तानी पर्नेछ भने सवारी बीमा बापतको थप दावी पर्ने सक्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS