Connect IPS
IME Life

सामलिङ्ग पावरको साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा मंसिर २५ गते बिहीबार गर्ने जनाएको छ ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सानेपा, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सञ्चालन हुने जनाएको छ ।

Prabhu
Crest

सभामा कम्पनीले निष्कासन गर्न लागेको साधारण शेयर सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS