IME Life New

शेयर बजारमा उछाल, नेप्से ३६ अंकले बढ्यो, ६ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ३६ दशमलव ३२ अंकले बढेर १,७७८ दशमलव १२ को विन्दुमा कायम भएको छ । केहि दिनदेखि लगातार बढ्ने क्रममा रहेको नेप्सेमा आज ऐहिासिक रेकर्ड कायम गर्दै एकै दिन ६ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड ८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, हिमालय डिस्टीलरीको २७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी, आज तारागाँउ रिजेन्सी होटल र युनिलिभर नेपालको शेयर १० प्रतिशतले बढेको छ भने बोर्टलर नेपाल (तराई) र हिमालयन डिस्टीलरीकाको शेयर ९ दशमलव ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

मेगा बैंकको प्रमोटर शेयर ३ दशमलव १७ प्रतिशतले घटेको छ भने प्रभु बैंकको डिभेञ्चर ८४ को शेयर २ दशमलव २९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS