Connect IPS
IME Life

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गते, शुक्रबारदेखि बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ :०४७६ ९अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०।४७६ कित्ता साधारण शेयर० को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक क्लोज० गरेको थियो । त्यसैले, २०७६ साल फागुन ३० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS