काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको जनाएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २७९ रहेको थियो । कम्पनीले १७ औ साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले कम्पनीको मूल्य समायोजन गरेको हो ।
कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी मङ्सिर ८ गते कम्पनीको १६ औ र १७ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीले जुमको माध्यमबाट भर्चुअल्ली साधारणसभा गर्ने जनाएको छ ।