Connect IPS
IME Life

युनाईटेड इदी–मर्दीको आइपीओ आजबाट विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसअघि कम्पनीले कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनिएकोमा नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आइपिओ निष्काशन गर्ने मिति परिवर्तन गरेको थियो । सोही अनुरुप कम्पनीले आजबाट आइपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेको छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

Prabhu
Crest

दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर निष्काशन गर्न गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS