IME Life New

एकै दिन २१११ जनामा कोरोना, मृत्यु हुनेको संख्या १२०२ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबार एकै दिन दुई हजार १११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण घटेको देखिएको छ । हिजो दुई हजार भन्दा तल रहेकोमा आज सामान्य बृद्धि भएपनि यसअघिको पिक अवस्था भन्दा निकै तल छ ।

यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ । शुक्रबार अपरान्हसम्ममा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान जानेको संख्या १२ सय नाघेको हो ।

Esewa
Crest

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो समय कोरोना संक्रमितको तुलनामा डिस्चार्ज हुनेको संख्या निकै बढि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS