Connect IPS
IME Life

मेट लाईफको वित्तीय विवरण सार्वजनिक, सबै सूचांक सकारात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी लाईफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीको मुनाफा, खुद बीमा शुल्क आर्जन र जीवन बीमा कोष तीन वटै सूचांकमा उल्लेख्य सुधार देखिएको छ ।

कम्पनीले तीन महिनामा एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन दुई प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले एक अर्ब १४ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आवको तीन महिनामा कूल बीमा शुल्कमा सामान्य बृद्धि गरेको छ ।

Prabhu
Crest

कम्पनीको खूद मुनाफामा १५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा छ करोड ५५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा सात करोड ५५ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा भने कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको जीवन बीमा कोषको आकार गत असार समान्तको तुलनामा २.७५ प्रतिशतले बृद्धि गरी कूल १८ अर्ब ३२ करोड २४ लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको जीवन बीमा कोष गत असारमा १७ अर्ब ८६ करोड १० लाख ८७ हजार रुपैयाँ रहेको थियो । साथै विगत एक वर्षको तुलनामा भने ७.६६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष मेट लाईफको जीवन बीमा कोषमा १७ अर्ब चार करोड ५५ लाख १९ हजार रुपैयाँ थियो । जगेडा कोषमा दुई अर्ब ५० करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २४ करोड ७७ लाख ९० हजार सहित कूल २१ अर्ब १० करोड ५५ लाख रुपैयाँ संचिती गरेको छ ।

मेट लाईफको वित्तीय विवरण अनुसार कम्पनीको सक्रिय बीमा पोलिसी १० लाख ९४ हजार ८४५ वटा रहेको छ भने कम्पनीले ६५ करोड २२ लाख ९९ हजार रुपैयाँ बीमा दावी भुक्तानी बक्यौता रहेको छ । कमपनीले ९० करोड ९८ लाख ७९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS