IME Life New

जीवन बीमा ब्यवसायमा महालक्ष्मी लाइफको छलाङ, खुद बीमा शुल्क आर्जन १२५% ले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोना महामारीको समयमा पनि महालक्ष्मी लाइफले अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ । नयाँ जीवन बीमा बजारमा उदाउदो रुपमा रहेको कम्पनीले चालु आर्थिक वर्षमा उत्साहजनक प्रगति गरेको छ ।

२३ करोड ९१ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५८ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२५ दशमलव ८७ प्रतिशतले बढी हो ।

Esewa
Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ४४ लाख ११ हजार रुपैयाँ संचिती गरेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ९६ करोड ८१ लाख ५२ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १ करोड १६ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ करोड ३५ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३६ लाख रुपैयाँ मात्रै खद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खद बीमा शुल्क आर्जन १ सय २५ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ लाख ९९ हजार रुपैयाँ मात्र खद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS