IME Life New

निर्धन उत्थान लघुवित्तद्वारा राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुरले संस्थामा आवद्ध विभिन्न समुहका कोभिड १९ बाट अति प्रभावित ३८ जना ग्राहक सदस्यहरु लाई जनही १० हजारका दरले राहत वितरण गरेको छ । कम्पनीले कूल तीन लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ ।

सो लघुवित्तको सितापुर समुहमा आवद्ध मृतक सदस्य मञ्जु हमालको ग्रामिण बीमा क्षतिपुर्ति वापतको रकम तीन लाख ९० हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

सो अवसरमा कम्पनीले कोरोना महामारीबाट अतिनै समस्यामा परेका ७००० जना सदस्यहरुलाई जनही दश हजारका दरले राहत प्रदान गरिएको जनाएको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८३ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९४ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS