Connect IPS
IME Life

नोभेम्वर ११ मा दराज अनलाईन शपिङमा दर्जनौं अफर, ३००० रुपैयाँ सम्म छुट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अनलाईन सपिङ कम्पनीहरुका लागि नोभेम्वर ११ तारिखका दिनलाई विशेष रुपमा लिने गर्दछन् । यसैबीच, नेपाल अनलाईन शपिङ सम्बन्धी साईट दराज अनलाईनले ११।११, २०२० को अवसर पारेर विशेष छुट सहित सपिङ उत्सव मनाउने जनाएको छ ।

कम्पनीले ११।११ को विशेष अवसरमा आयोजना गर्न लागेको भव्य सेल महोत्सवलाई सफल पार्न डेलिभरी दिने व्यक्तिहरु थप गरिएको तथा अन्य तयारीहरु समेत आयोजना गरिएको जनाएको छ । ११.११ को सेल महोत्सव सफल पार्न ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको डेलिभरी सेवा प्रभावकारी बनाएको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेर ११।११ बारे जानकारी दिएको छ । दराज अनलाईनका अनुसार यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथै ८ लाख रुपैयाँसम्मको टिभिएस अपाचे आरआर ३१० जित्न सक्ने जनाएको छ ।

नोभेम्वर ११ मा दराजले आयोजना गरेको विशेष सेल कार्यक्रममा सामसङ ग्यालेक्सी एसट्वेन्टी एफई ७० हजार रुपैयाँमै उपलब्ध रहेको जनाएको छ । त्यस्तै, एलजी, एमआई, फिटबिट, सोनी, भ्याङ्स, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेसन हाउस, न्यू ब्यालेन्स, टिभियसजस्ता ब्रान्डहरूमा पनि ६० प्रतिशतसम्म छुट पाउने दराजले जनाएको छ ।

दराज अनलाईनले नबिल बैंक, सनिमा बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट सुविधा दिने निर्णय गरिएको दराजले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS