काठमाडौं । ग्रिनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।
सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, सञ्चालकहरूको पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेन्डा रहेका छन् ।