काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
नेपाल सेवा लघुवित्तले तीन पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल सेवा लघुवित्तले सुपरभाइजरका लागि केही, शाखा प्रबन्धक सहायकका लागि केही, र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
त्यस्तै, विजय लघुवित्तले अधिकृत प्रशासनको लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना र वरिष्ठ सहायकका लागि १ जना गरी तीन जना कर्मचारीको माग गरेको छ ।
ईच्छु्क तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।