काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । उक्त सभा एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको जनाएको छ ।
सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ ।