काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १३ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।
कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्तावसहित कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय अनामनगर, काठमाडौंमा विहान ११ बजे शुरु हुनेछ ।
सभामा शेयरधनीहरुलाई जुममार्फत सहभागी गराईने कम्पनीले बताएको छ ।कम्पनीको चुक्तापूँजी हाल रू।४ अर्ब ४० करोड रहेको छ ।