IME Life New

एकै दिन उपत्यकामा २३८८ जनामा कोरोना पुष्टी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी उपत्यका कोरोना भाइरसको उच्च जोखिममा पर्दै गएको छ । राजधानीका तीन जिल्लामा एकै दिन दुई हजार ३८८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार अपरान्हसम्ममा काठमाडौँ जिल्लामा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना गरी कुल २ हजार ३८८ जनामा कोरोना देखिएको छ ।

विज्ञहरुले राजधानी काठमाडौं कोरोनाको हटस्पट बन्ने चेतावनी दिइरहेको बेला उपत्यकाको तीन जिल्लामा कूल संक्रमितको ६३ प्रतिशत देखिएको छ । आज देशैभरिमा तीन हजार ७९० जनामा कोरानो भाइरस देखिएकोमा उपत्यकामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएका दुई हजार भन्दा छ ।

Crest

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १५ हजार ७२४ जनाको पीसीआर गरिएकोमा सो मात्रामा कोरोना भाइरस देखिएको हो । आज २ हजार ३३५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS