IME Life New

शिवम सिमेन्टको साधारण सभा कार्तिक २४ गते, यस्ता छन् एजेण्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले कार्तिक २४ गते सोमबार वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।

सभा भर्चुअल माध्यमबाट कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

Crest

यसैगरी, सभाले कम्पनीको असोज २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४ दशमलव २१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS