IME Life New

माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले भाद्र ३१ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

Esewa
Crest

कम्पनीलाई जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबोनमा निवेदन पेश गरेकोमा सेबोनले असार २५ गते, बिहीबार निष्कासन गर्न अनुमति दिएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । म्याग्दी जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS