Connect IPS
IME Life

भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख नाघ्यो, अवस्था झन नाजुक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक लाख नाघेको छ । विश्वभरिमा कोरोना महामारीले हालसम्म १० लाख ३८ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै दुई लाख दुई लाख १४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको कारण अवस्था दिनानु दिन भयाबह बन्दै गएको छ । रोगले भन्दा भोकले मानिसहरु मर्ने अवस्था आएपछि लकडाउन तथा निषेधाज्ञाहरु खुकुलो पारिएको छ । जसका कारण भारतमा कोरोना भाइरसको जोखिम अझै घटिसकेको छैन । भारतमा दैनिक ७५ हजार भन्दा बढि नयाँ मानिस कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा उच्च सतर्कता अपनाइएको छ ।

Prabhu
Crest

भारतमा हालसम्म ६५ लाख ४९ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । सो मध्येमा एक लाख एक हजार ८१२ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । भारतको महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । भारतको मुम्बईका आधा भन्दा बढि जनसंख्यामा एण्टिबडी पाइएको जनाइको छ । त्यस्तै पञ्जावको अवस्था झनै बिग्रदै गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक एक अर्ब ३८ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका कारण घोषणा गरिएको निषेधाज्ञा तथा लकडाउनका कारण मानिसहरु भोकभोकै मर्ने अवस्था आएपछि त्यहाँको सरकारले लकडाउन खुकुलो बनाउने नीति अख्तियार गरेको छ । बीबीसीका अनुसार भारतको सहरी क्षेत्रमा धेरै मानिसहरु मरिरहेको जनाएको छ । त्यस्तै गरिब राष्ट्रहरुमा कम मात्रै मानिसहरु मरेको समेत उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS