IME Life New

सिद्धार्थ बैंकको कार्डबाट खरीद गर्दा १५ % नगद फिर्ता पाइने, कार्डमार्फत् भुक्तानी गर्न अभिप्रेरित गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत यस बैंकका भिसा कार्डका नयाँ ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड एक्टिभ गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेको खण्डमा उक्त पहिलो कारोबारअन्तर्गत भएको कुल खरिद रकमको १५ प्रतिशत वा अधिकत्तम रु १,००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउने बताइएको छ ।

Esewa
Crest

यसैगरी भिसा कार्डको प्रयोग गरिरहेका बैंकका ग्राहकहरुले नेपालभित्र आफ्नो भिसा डेबिट/क्रेडिट/प्रिपेड कार्डमार्फत तीन वा तीनभन्दा बढी खरिद कारोबारमा कुल न्यूनतम रु १,००० को खरीद गरेको खण्डमा आफ्नो खरिद रकमको १० सम्म वा अधिकत्तम रु १,००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउन सक्नेछन् । बैंकले सञ्चालनमा ल्याएको यो योजना चैत्र मसान्तसम्म जारि रहने जानकारी गराएको छ।

बैंक सूत्रबाट प्राप्त भएको जानकारीअनुसार यस योजना सञ्चालनमा ल्याउनुको मुख्य अभिप्राय ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्डमार्फत् भुक्तानी गर्न अभिप्रेरित गर्नु रहेको जानकारी सिद्धार्थ बैंकले दिएको छ ।

बैंकले हाल देशभर १०० वटा शाखा (३ एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ काउण्टर र ६८७ पिओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड गरेको छ भने कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS