IME Life New

१९ जीवन बीमा कम्पनीले दुई महिनामा आर्जन गरे ५ अर्ब प्रथम बीमा शुल्क,नेपाल लाइफ पहिलो यूनियन दोस्रो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले दुई महिनाको अवधिसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा युनियन लाइफ इन्स्योरन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

समितिको तथ्याङ्क अनुसार लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल)ले ३८ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ३१ करोड रुपैयाँ, एशियन लाइफले २८ करोड रुपैयाँ, रिलायबल लाइफले २१ करोड रुपैयाँ, ज्योति लाइफले २० करोड रुपैयाँ, सिटिजन लाइफले १७ करोड रुपैयाँ र आइएमई लाइफले १७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

मेट लाइफले १६ करोड रुपैयाँ, प्राइम लाइफले १६ करोड रुपैयाँ, सूर्या लाइफले १३ करोड रुपैयाँ, गुराँस लाइफले १० करोड रुपैयाँ, सन नेपाल लाइफले १० करोड रुपैयाँ, रिलायन्स लाइफले ९ करोड रुपैयाँ, प्रभु लाइफले ९ करोड रुपैयाँ, सानिमा लाइफले ९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti                      रु (अर्बमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS