काठमाडौँ । नेपालमा आज थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७ सय ७५ पुगेको छ।
मन्त्रालयका अनुसार आज ७ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ।